लाग्ने समय:
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी:
वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
गाउँसभाले तोके बमोजिम
आवश्यक कागजातहरु:
- १) निवेदन पत्र
- २) बालकको बाबु/आमाको नागरिकता
- ३) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
- ४) अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको परिचयपत्रको प्रमाणित प्रतिलिपी
प्रक्रिया:
- १) घटना घटेको ३५ दिन भित्र परिवारको मूख्य व्यक्तिले सूचना दिने
- २) निजको अनुपस्थितिमा उमेर पुगेको पुरुषमध्ये सबैभन्दा जेठो व्यक्तिले सूचना दिने
- ३) घटना घटेको ३५ दिन नाघेको भए तोकिएको शुल्क बुझाउने
- ४) तोकिएको ढाँचामा दर्ता गरी दर्ता प्रमाणपत्र उपलब्ध गराउने ।