यस मनाङ ङिस्याङ गाउँपालिकाका स्वास्थ्य संयोजक श्री नारायण यादव ज्यू Health Assistant Association of Nepal (HAAN) को मनाङ जिल्ला कार्य समितिको अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित हुनु भएकोमा सम्पूर्ण मनाङ ङिस्याङ गाउँपालिका परिवार बाट बधाई तथा सफल कार्याकालको शुभकामना ।
मनाङ ङिस्याङ गाउँपालिकाको आ.व. २०७५|०७६ को बजेट, नीति तथा कार्यक्रम घोषणा समारोह एवं तेस्रो गाउँसभा यहि मिति २०७५/०३/३२ गतेका दिन यस गाउँपालिकाका अध्यक्ष श्री कान्छा घले ज्यू को अध्यक्षतामा र जिल्ला समन्वय समिति चामे, मनाङका प्रमुख श्री यज्ञ प्रसाद घले ज्यू को प्रमुख आतिथ्यतामा सफलतापुर्वक सम्पन्न गरियो । यस कार्याक्रममा यस गाउँपालिका अन्तर्गत आ.व. ०७४|०७५ मा सम्पन्न गरिएका विभिन्न योजनाहरु मध्येबाट उत्कृष्ठ तथा समयमनै गुणस्तरिय काम गर्ने उपभोक्ता समिति तथा वडा अध्यक्षलाई पनि सम्मान गरियो ।