मनाङ ङिस्याङ गाउँपालिकाको आ.व. २०७५|०७६ को बजेट, नीति तथा कार्यक्रम घोषणा समारोह एवं तेस्रो गाउँसभा यहि मिति २०७५/०३/३२ गतेका दिन यस गाउँपालिकाका अध्यक्ष श्री कान्छा घले ज्यू को अध्यक्षतामा र जिल्ला समन्वय समिति चामे, मनाङका प्रमुख श्री यज्ञ प्रसाद घले ज्यू को प्रमुख आतिथ्यतामा सफलतापुर्वक सम्पन्न गरियो । यस कार्याक्रममा यस गाउँपालिका अन्तर्गत आ.व. ०७४|०७५ मा सम्पन्न गरिएका विभिन्न योजनाहरु मध्येबाट उत्कृष्ठ तथा समयमनै गुणस्तरिय काम गर्ने उपभोक्ता समिति तथा वडा अध्यक्षलाई पनि सम्मान गरियो ।
यस गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा "पहँच नपुगेका र ड्रप आउट (छुट) बच्चाको खोजी तथा पुर्ण खोप दिलाउन महिला स्वास्थ्य स्वंयम सेविकाहरुलाई अभिमुखिकरण र योजना निर्माण" कार्यक्रम मिति २०७५|०१|११ गतेका दिन मनाङ स्वास्थय चौकीमा सफलतापूर्वक सम्पन्न भयो ।